Share
  •   
  •  
  •  
  •  
  •  

लक्ष्मी लम्साल
पाल्पा । ५ चैत्र, ०७७

तिनाउ गाउपालिका पाल्पाले चालु आर्थिक वर्षमा ९० प्रतिशत पूजिगत उपलब्धी हुने जनाएको छ । गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले आर्थिक वर्ष ०७७।०७८ मा गाउपालिकाले ९० प्रतिशत पूजिगत तर्फको काम सम्पन्न हुने बताउनुभएको छ ।पाल्पापाटी संगको कुराकानीमा प्रमुख प्रशाशकिय अधिकृत श्रेष्ठले चालु आर्थिक वर्षको चैत्र पहिलो हप्ता सम्ममा ३१ प्रतिशत पूजिगत तर्फको भुक्तानी भएको जनाउनुभयो । श्रेष्ठले अवको ३ महिनामा वाँकी ६९ प्रतिशत भुक्तानी सकिने बताउनुभएको छ । “ काम सम्पन्न भएका २९ प्रतिशतलाई रकम भुक्तानी गरेका छौं, रकम भुक्तानी हुन वाँकी भएपनि पूँजिगत तर्फको काम आधाबढी सकिसकेको छ । ” श्रेष्ठले भन्नुभयो ।

पाल्पा जिल्लाका स्थानीय तहहरु मध्ये बढी आम्दानी गर्ने गाउपालिकाका रुपमा रहेको तिनाउ गाउपालिकाले एक आर्थिक वर्षमा झन्डै २ करोड ५० लाख सम्म आर्थिक आम्दानी गर्ने गरेको छ । गाउपालिकामा रहेका ५,६ वटा खानिहरुबाट हुने आम्दानीलाई पहिलेनै अनुमान गरेर योजनाहरु बनाई गाउपालिकाको विकासका कामहरुमा लगाइएको छ । श्रेष्ठले आन्तरिक आयलाई समुचित प्रयोग गर्ने तर्फ ध्यान दिएको बताउनु भयो ।
तिनाउ गाउपालिकाले लच्छित वर्गतर्फ केहि रकमहरु समावेश गरेको छ । श्रेष्ठले लच्छित वर्ग तर्फका ४० प्रतिशत कार्यक्रम भइसकेको र बाकि ६० प्रतिशत काम हुन बाकि रहेको बताउदै आगामि चैत बैशाख सम्म सम्पुण कार्यक्रम सम्पन्न गर्ने बताउनु भयो ।