Share
  •   
  •  
  •  
  •  

गीता रेग्मी
पाल्पा । बगनासकाली ।
फागुन २७ । १११ औ अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा वैदेशिक रोजगारबाट फर्केका महिलाहरू संगको अन्तरक्रिया कार्यक्रम बगनासकाली गाउपालिकामा भएको छ । बगनासकाली युवा संजालको आयोजना सामाजिक श्रोत्त विकास केन्द्र नेपाल तानसेन पाल्पा र एक्सनएड नेपाल को सहयोग तथा बगनासकाली गाउँ पालिकाको समन्वय मा अन्र्तक्रिया भएको हो र ।
कार्यक्रममा बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले विदेशबाट फर्केर आएर महिलाहरु नेपालमै केही व्यवसायीक काम गर्न चाहेको बताउनुभयो । “विदेशबाट फर्केर पनि नेपाल आएका महिलाहरु यहि व्यवसाय संचालन गर्न चाहनुहुन्छ भने गाउपालिकाले सहयोग गर्छ ।” बस्यालले भन्नुभयो, “बगनासकाली गाउपालिकाले विना धितो ऋण, शैक्षिक प्रमाणपत्र कर्जा कार्यक्रम तथा कृषि र पशुपालनको क्षेत्रमा मनग्ये सहयोग गरेको छ । ”
कार्यक्रममा सामाजिक श्रोत्त विकास केन्द्र नेपाल तानसेन पाल्पा प्रमुख चोपलाल गिरीले वैदेशिक रोजगारीमा विभिन्न उमेर समुहका दिदीबहिनी हरू जादा देशको अर्थतन्त्र , पनि वृद्धि भएको छ । तर वहाहरूले पाएको दुख कष्ठ को मुल्यांकनमा कस्ता कार्यक्रमहरू समावेश गरे वहाँ हरूलाई सहभागी गराउन सकिन्छ र रोजगारी दिन सकिन्छ । भन्ने तर्फ पनि सम्बन्धित निकाएको ध्यान जान आवस्यक छ । भन्नू भयो ।
कार्यक्रममा बगनासकाली गाउपालिका भित्रका वैदेशिक रोजगारका शिलशिलमा मलेशिया , दुबै , कतार साउदी , श्रींलका कुवेत , जस्ता खाडी मुलुकमा गएका महिलाहरू चन्द्र कला वि क, सीता बस्याल, लक्ष्मी देवी आले, लक्ष्मी बस्याल , सुस्मिता गाहा, मिनु सरा दर्लामी , कल्पना राना, गीता पराजुली, गोमता भट्टराई , शुशिला न्यौपाने , रेनुका न्यौपाने लगायतले भोगेका शारीरिक , मानसिक पीडा सुनाएका थिए । विदेश पुगीसके पछि एउटा कोठामा राखेर किनबेच सुरू हुन्थ्यो विदेशीहरू आएर हाम्रो मोलमोलाई गर्थे चित्त बुझ्यो भने लान्थे लगि सकेपछि विभिन्न किसिमका मानसिक, शारीरिक यातनाहरू भोग्नु परथ्यो, सहभागीले सुनाए ।


घरको परिस्थिति समस्या श्रीमानले माधक पदार्थ सेवन गर्ने जुवातास खेल्ने, समाजले ऋण नपत्याने, गरिवीका कारण आफु विदेशीनु परेकाउनीहरुले गुनासो पोखेका छन् । छोराछोरी को विचल्ली बनाएर विदेश जानू रहर होईन बाध्यता भएको उनीहरुको भनाई छ । कार्यक्रम सृजना गैरको स्वागत युवासंगमका अभियान्ता सुनिता गाहाको संचालन बगनासकाली गाउपालिकाका उपाध्यक्ष सरस्वती चिदी को अध्यक्षतामा चलेको हो ।