Share
  •   
  •  
  •  
  •  

गीता रेग्मी
पाल्पा । बगनासकाली गाउपालिका २ पोखराथोक स्वास्थ्य चौकीले कोभिड १९ भ्याक्सिन खोप दोस्रो चरणको खोप जनता प्राथमिक विधालयमा लगाइएको छ । आज ६५ बर्ष माथिका ११० जनालाई कोभिड १९ को भ्याक्सिन , खोप दिईएको छ ।
खोप लगाईसकेपछि सामान्य ज्वरो आउन सक्ने, जिउ दुख्ने जाडो हुने जस्ता लक्षणहरू देखा पर्न सक्छन् तर नआत्तिन डाक्टर रोहित कोईरालाले सुझाव दिनु भयो ।। खोप लगाएसकेपछि , कुनै पनि लक्ष्ण देखिएमा तुरून्तै नजिकको स्वास्थ्य चौकीमा सम्पर्क , गर्नुहुन स्वास्थ्य चौकी प्रमुख सरोज काफ्लेले अनुरोध गर्नुभयो । वडा अध्यक्ष टेक नाथ शर्मा गैरेले कोरोना महामारीले सबैलाई त्रास दिएका बेला उमेर समूह अनुसार खोप संचालन गरि जनतालाई राहत दिने सरकारको यो निर्णय र कार्यानयन लाई सम्मान गर्नु पर्ने बताउनु भयो ।