Share
  •   
  •  
  •  
  •  
  •  

गीता रेग्मी
पाल्पा । महिला सुरक्षा , सम्मान र रोजगार , समृद्ध नेपालको आधार, भन्ने नारालाई आत्मशात गर्दै बगनासकाली गाउपालिका स्तरीय , बक्तृत्वकला प्रतियोगिता बगनासकाली गाउपालिको सभा हलमा सम्पन्न गरियो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष सरस्वती चिदीले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा बताउदै, महिलाहरूको त्याग बलिदान, मिहिनेत र तपस्या ले प्राप्त गरेको अधिकार को सहि सदुपयोग गर्नुपर्ने बताउदै, आफुभन्दा तल्लो तहका दिदी बहिनिहरूाई पनि महिला अधिकारका बारेमा , राज्यले निर्धारण गरेका अधिकार कानुनी मूल्य मान्यतामा सहभागी गराउन पहल गर्नुहुनेछ भन्ने कुरामा जोड दिनु भयो । वहाँले भन्नू भयो महिला घरभित्रबाहिर को काम सकेर विभिन्न कार्यक्रम हरूमा सहभागी जनाउदै गर्दा वहाँ हरूलाई दोहोरो जिम्मेवारी परेको हुन्छ तरपनि सहजै आफ्नो जिम्मेवारी लाई आत्मसाथ गर्ने सक्ने क्षमता छ ।
कार्यक्रममा वडा नम्बर ५ वडा अध्यक्ष ईश्वर रानाले महिलाहरूले आफ्नो अधिकार आफै खोज्नु पर्छ नेतृत्व तहमा पुग्ने प्रयास आफैले गर्ने सके सफल हुने बताउनु भयो । कार्यापालिका सदस्य खुमा देवी भट्टराईले , महिलाहरू पिडामा अवस्य हुनुहुन्छ तर पनि कतिपय ठाउमा महिला बाटै हिंसा भए गरेको सुन्दा देख्दा दुःख लागेको बताउनुभयो । जनप्रतिनिधि नेत्रा पाण्डे , संजाल सदस्य उर्मिला कंवर धनकुमारी पाठक लगाएतले कार्यक्रम मा शुभकामना सहित आफ्ना भनाई राख्नु भएको थियो । । बक्तृत्वकला प्रतियोगिता ,मा ९ वटै वडा बाट नौ जना सदस्यहरूको उपस्थिति रहेको थियो । जसमा नारायणी भट्टराई प्रथम , मान कुमारी गैरे दितिया, निलिमा वि क तृतीय सीता न्यौपाने सान्त्वना हुनुभएको छ । पेमा बस्यालको संचालन दुर्गा रानाको स्वागत, उपाध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा कार्यक्रम चलेको हो ।