Share
  •   
  •  
  •  
  •  

गीता रेग्मी
पाल्पा . महिला सुरक्षा , सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नारा का साथै १११ औं अन्तर्राष्ट्रिय महिला दिवस बगनासकाली २ पोखराथोकमा सम्पन्न भएको छ । गाउँ महिला समन्वय समिति , को आयोजनामा सामाजिक श्रोत्त विकास केन्द्र , नेपाल पाल्पा को सहयोग मा संचालित , हाजिर जवाफ प्रतियोगिताका मुल पाहुना वडा अध्यक्ष टेक नाथ शर्मा गैरेले नारीहरू घरका देवी हुन , उनिहरूले दिनरात मिहेनत गरेर घर भित्र बाहिर काम धन्दा सकि विभिन्न कार्यक्रम मा सहभागी भई नेतृत्व तहमा बताउनुभयो । साथै महिलाहरू पहिलाको तुलनामा अघि बढेको देखिन्छ , महिलाले अधिकार खोज्दा आफ्नो कर्तव्य भुल्न नहुने अधिकारको उपयोग गर्नु पर्ने आफ्नो अधिकार आफै खोज्नुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रम मा शुभकामना दिनेहरू विष्णु न्यौपाने गीता रेग्मी , इन्दिरा राना दुर्गा पाण्डे , बालकृष्ण गैरे , माया नेपाल , दिपेन्द्र ढकाल , सीता गैरे , राजेन्द्र ब राना , तुल्सी राम बस्याल , लगायतले शुभकामना दिदै अन्तर्राष्ट्रिय नारी दिवसको अवसमा सबै महिला दिदी बहिनीहरू एकजुट भएर सामाजिक , आर्थिक , राजनीति नेतृत्व तहमा समेत जिम्मेवारी भएर काम गर्नुपर्ने बताउनुभयो ।
हाजिरी जवाफ प्रतियोगिता मा आठ समुह सहभागी भएका थिए जस मध्ये कमला रेग्मी को समूह प्रथम , अ्रमृता गैरेको समूह ,दितिया, रमा ज्ञवालीको समूह तृतीय र चन्दा थापाको समूह सान्त्वना , भएका छन । विजय समुहलाई प्रमुख अतिथि टेकनाथ शर्मा गैरे र अध्यक्ष अप्सरा गैरेले पुरस्कार वितरण गर्नुभयो । सरस्वती खनालको संचालन , कमला रेग्मीको स्वागत अप्सरा गैरे को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।