Share
  •   
  •  
  •  
  •  

गीता रेग्मी
पाल्पा । बगनासकाली गाउपालिका २ पोखराथोकमा किशोरीहरुको क्षमता विकास सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । सामाजिक श्रोत्त विकास केन्द्र नेपाल तानसेन पाल्पाको आयोजना र एक्सनएड नेपालको सहयोगमा किशोरी हरूको क्षमता विकास सम्बन्धी १ दिने कार्याशाला सम्पन्न भएको हो । कार्यक्रम मा सामाजिक श्रोत्त विकास केन्द्र तानसेन पाल्पाका, प्रमुख चोपलाल गिरीले , कार्यक्रम को उदेश्य माथि प्रकाश पार्नु भयो । वहाले किशोरी हरूको बाल विवाह , नियन्त्रण , क्षमता वृद्धी, बाल संरक्षण , आफु माथि पर्ने हिंसाहरूसंग लड््ने क्षमताको वारेमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित किशोरी हरूले आफुहरू घरपरिवार बाटै विभेद मा पर्ने गरेको , समाजबाट कुरा काट्ने चलनले आफुहरू अगाडि बढ्न नसकेको , छोरा र छोरीमा नै विभेद गरि पढ्ने स्कुल जाने कुरामा पनि आफुहरूले घरको काम गरेर भ्याई नभ्याई विधालय जानू पर्ने बताएका छन् । किशोरीहरूका सबै अनुभवहरू र भोगाइको यथार्थमा बाट समाजमा अझै पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक भएको सामाजिक श्रोत विकास केन्द्र नेपालका गोपाल कुमालले बताउनु भयो । सोही कार्यक्रममा आरती वि क को अध्यक्षतामा ९ सदस्यीय किशोरी क्षमता विकास समिति गठन गरिएको छ जसको सचिवमा संगिता कोईराला , कोषाध्यक्ष एलिसा गैरे , सदस्य हरू सलिना गैरे ,बन्दना नेपाली , केशी कुमाल , करिष्मा बस्याल , रमा न्यौपाने निसन्त विकलाई चयन गरिएको छ । दुर्गा पाण्डेको संचालन र चोपलाल गिरीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।