Share
  •   
  •  
  •  
  •  

गीता रेग्मी
पाल्पा । स्वास्थ्य समृद्वि र सुरक्षा, कोभिड १९ खोपले गर्छ रक्षा भन्ने सन्देश सगै पोखराथोक स्वास्थ चौकी बगनासकाली २ पाल्पाले कोभिड १९ रोग विरूद्वको खोप अभियान गरेको छ । वडा खोप समन्वय समिति र सरोकारवालाहरू संग छलफल कार्यक्रम बगनासकाली २ पोखराथोकमा भएको हो । कार्यक्रममा वडा अध्यक्ष टेक नाथ शर्मा गैरेले पोखराथोक स्वास्थ चौकी बाट गरिएका सबै स्वास्थ कार्यक्रमहरू पारदर्शि र जवाफदेही भएको बताउदै कोभिड १९ खोपको वारेमा जनतामा विश्वास दिलाउन स्वास्थ्यचौकीले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
स्वास्थकर्मी शालिकराम पहारीले कोभिड १९ ले धेरै त्रास ल्याएको बेला who ले प्रमाणित गरेको कोभिड भ्याक्सिन , ले पहिलो चरणमा राम्रो काम गरेको हुदा सरकारले दोस्रो चरण को कोभिड भ्याक्सिन शुरू गरेको बताउनुभयो । पोखराथोक स्वास्थ्य चौकीका प्रमुख सरोज काफ्लेले पहिलो चरणको खोप सकिएकोले दोश्रो चरणको खोपको वारेमा सहजिकरण गर्नुभयो ।
साथै प्रमुख काफ्लेले लक्षित समूह निर्धारण र चरणबद्व रूपमा अभियान सच्चालन , खोप केन्द्र र सेसन निर्धारण , खोप टोली निर्धारण , जनशक्ति क्षमता, सूक्ष्म योजनातर्जुमा, स्वास्थय शिक्षा , जस्ता रणनीति, प्राथमिक ताका बारेमा सहजीकरण गर्नु भयो । ६५ बर्ष देखि माथीका समुहका व्यक्ति २३ गते देखि 28 गते सम्म बगनासकालीका सबै खोप केन्द्र हरूमा संचालित हुने खोप सेवाबाट लाभान्वित हुने छन् ।