Share
  •   
  •  
  •  
  •  
  •  

दिपक ढुङ्गाना । पाल्पा
बगनासकाली गाउपालिका र तानसेन नगरपालिका बिच हाट बजार ब्यबस्थापन र सन्चालनको लागि सरोकारवाला बिच अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भयको छ । भेलाका मुल पाहुना तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले पायक पर्ने स्थानिय निकायहरूले समन्वयात्मक तरिकाले हाट बजार सन्चालन गर्दा बजार सफल र दिगो रूपमा सन्चालनमा रहने बताउनु भयो ।
बगनासकाली गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले तानसेन र बगनासकालीको नङ र मासुको जस्तो सम्बन्ध रहेको प्रस्ट्याउदै यस्ता कार्यकरमहरूमा मिलेर जादा पालिकाको आर्थिक र सामाजिक बिकासमा प्रत्यक्ष सहयोग पुग्ने बताउनु भयो ।तानसेन नगरपालिकाका योजना अधिकृत बिस्णु पौडेलले हाट बजारको लक्ष्य, उदेस्य,र सन्चालन प्रकृयाको बारेमा सहजिकरण गर्दै , हाट बजार सन्चालन र ब्यबस्थापन कार्यबिधि बनायर अगाडि बढ्ने बताउनु भयो । बगनासकाली गाउपालिकाका उपाध्यक्ष सरस्वती चिदिको स्वागत र मणिराम अधिकारिको सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गर्नुभएको थियो ।