Share
  •   
  •  
  •  
  •  

दिपक ढुङ्गाना
पाल्पा । बगनासकाली गाउपलिका वडानं १ र २ को माडी चक्रपथ क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सुरू भयको छ । कार्यक्रमको बजेट सार्बजनिक तथा सुभारम्भ कार्यक्रममा बजेट तथा कार्यक्रम सार्बजनिक गर्दै, लुम्बिनि प्रदेस सरकार बाट चालीस लाख रूपयां र बगनासकालीगाउपालिका बाट दस लाख रूपयां गरि यस बर्ष जम्मा पचास लाख रूपयां लगानि गरिने भयको छ। चार बर्ष निरन्तर सहयोग रहने यस कार्यक्रम बाट पैंतालीस घरले उन्नत किसिमको बाख्रा पालन गर्ने र पांच घरले माछा पालन गर्ने भयका छन ।
यसरि यो कार्यक्रम बाट जम्मा पचास घर सहभागी हुने कार्यक्रमका अध्यक्ष मथुरा ढकालले जानकारी गराउनु भयो। स्मार्ट कृषि गाउँ कार्यक्रम सुभारम्भ गर्दै लुम्बिनि प्रदेस सांसद डा पुरन मान बज्राचार्य ले यश क्षेत्रका कृषकहरूको आर्थिक स्तरमा सुधार ल्याउदै किसानलाइ ब्यासायिक बनाउने उदेस्यले प्रदेस निर्बाचन छेत्रबिकास बाट बजेट छुट्याइयको बताउनु भयो। विशिष्ट अतिथि बगनासकालीगाउँ पालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कृषक हरू ब्याबसयिक बन्नु पर्ने मा जोड दिदै , कृषकहरूलाइ ब्याबसायिक बनाउन कृषि क्षेत्रमा पालिकाको ठुलो लगानि रहेकोले कृषक हरूको चिन्तन मनन र उत्सुक हुनुपर्ने बताउनु भयो ।उपाध्यक्ष सरस्वति चिदिले ब्याबसायिक बन्न चाहने कृषक हरूलाइ आबस्यक आर्थिक अभाब हुन नदिने भन्दै अब कृषकले पनि उत्पादन मुखि कार्यक्रमको योजना बनायर अघि बढ्नु पर्नेमा जोड दिनुभयो। भेटेरिनरि अस्पताल तथा बिज्ञ पसुसेवाकेन्द् पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर राना ,गाउपालिकाका प्रबक्ता लक्ष्मि बस्याल, वडाध्यक्ष सोम बहादुर झेंडि ,खिमानन्द पान्डे, नैना पान्डे, अप्सरा गैरे लगायतले शुभकामना दिनु भयो। माडि चक्रपथ स्मार्ट कृषि गाउँ का अध्यक्ष मथुरा प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम चलेको थियो।