Share
  •   
  •  
  •  
  •  

पाल्पा
नेत्र विक्रम चन्द विप्लव समूहको गुल्मी जिल्ला इन्चार्ज रहि काम गर्नुभएकी पार्वती विक सामना केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको छ । बिहीबार तानसेनमा पत्रकार सम्मेलन गरी विकले ओली समूहको नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।
उहाँले १५ दिनअघि विप्लव समूह परित्याग गरेको सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको थियो । विकले विप्लव समूहको चार वर्ष गुल्मी जिल्ला इन्चार्ज र एक वर्ष पाल्पा जिल्ला इन्चार्ज भएर काम गर्नुभएको थियो । नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यले स्वागत गर्दै कम्युनिष्टहरुको मूल थलो नै नेकपा भएको बताउनुभयो, कार्यकर्ता व्यवस्थापन गर्दै, उचित भुमिका प्रदान गर्न आफुले पहल गर्ने आचार्यको भनाई थियो ।