Share
  •   
  •  
  •  
  •  

दिपक ढुङ्गाना । पाल्पा
बगनासकाली गाउपालिका वडानं १ चिर्तुङधारामा उन्नत आलुखेती उत्पादन तथा खेति प्रविधि सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ । शिखर तरकारी उत्पादक कृषक समुहमा भएको अभिमुखिकरण कार्यक्रममा आलुको उत्पादन तथा रोगहरुको वारेमा सहजिकरण गरिएको थियो ।
शिखर तरकारी उत्पादक समुहका २३ घरले २० रोपनि जमिनमा उन्नत आलु खेति गरेका छन् ।आलु खेति गर्न कृषि ज्ञान केन्द्र पाल्पाले आलु मिसन कार्यक्रम अन्तरगतको आर्थिक सहयोग र बगनासकाली गाउपालिका कृषि शाखाको प्राबिधिक सहयोगमा आलु खेति लगाइएको कृषि प्राबिधिक जानुका ज्ञवालीले बताउनु भयो । आगामि बर्ष आलु उत्पादन पकेट क्षेत्रको रूपमा बृहत् रूपमा आलुखेति लगाउने योजना रहेको समुहका अध्यक्ष केहेरसिङ चिदिले बताउनु भयो ।