Share
  •   
  •  
  •  
  •  
  •  

दिपक ढुङ्गाना । पाल्पा
बगनासकाली गाउपालिका वडा नं १,२ र ३ को पांच हजार रोपनी बारीमा मनकामना तिन ,जातको मकैबिउ लगाउने निर्णय भयको छ । आर्थिक वर्ष ०७७र७८ मा संघिय शसर्त अनुदानमा मकै बालीको लागि यान्त्रिक करण, बीउ बिजन ब्यबस्थापन, बजारिकरण, तालिम र प्राबिधिक सेवा लगायतका शिर्षकमा विनियोजन गरिएको बगनासकाली कृषि शाखाले जनाएको छ । संघिय शसर्त अनुदान तर्फको चालीस लाख रूपयां लगानी गरी उन्नत जातको मकै विउ तथा यान्त्रिकरण गरिने कृषि शाखा प्रमुख राजेश बोहोराले जानकारी गराउनु भयो । चालीस जना मकै उत्पादक कृषकहरूको भेलाले मकैको बीउ उत्पादन, मकै उत्पादन र मकै शीत सम्बन्धित कृयाकलाप गर्ने प्रतिबबद्ता जनाएका छन्।
गाउपालिका उपाध्यक्ष सरस्वति चिदिको संयोजकत्वमा संघिय शसर्त अनुदानको पालिका स्तरिय मिशन ब्यबस्थापन समिति गठन भयको छ । बस्ति स्तरमा समन्वय गरि कार्यक्रम तर्जुमा , समन्वय र कार्यानवयनका लागि कृषक सीता ज्ञवालिको संयोजकमा कलस्टर समन्वय समिति गठन गरियको छ। भेला गाउपालिका उपाध्यक्ष सरस्वति चिदिको अध्यक्षतामा बसेको थियो ।