Share
  •   
  •  
  •  
  •  

दयाराज न्यौपाने
पाल्पा फागुन १४
बगनासकाली गाउँपालिका ७ खानिगाउँ स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य वीर बहादुर रानाले आज स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य उपचार सहज रुपमा उपभोग गर्ने बाताबरण बनेको बताउदै पैसाकै कारणले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको उहाको भनाइ थियो ।  कार्यक्रममा बगनासकाली गाउँ पालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले बगनासकाली गाउँ पालिका स्वास्थ्य र खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरेको भन्दै बगनासकालीलाई समृद्ध बनाउन लागि परेको बताउदै दक्ष जनशक्ति र स्वास्थ्य चौकीलाई चाहिने आवश्यक उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । २०५० सालमा स्थापना भएको उप स्वास्थ्य चौकी स्थापना भएको १० बर्ष सम्म एक कोठामा संचालन भएको थियो । सोही उप स्वास्थ्य चौकी २०६९ सालमा स्वास्थ्य चौकीको रुपमा बिकास भएको आज भौतिक पुर्वाधारयुक्त स्वास्थ्य चौकी बनेको बताउदै ३ वटा खोप केन्द्र र ४ वटा गाउँ घर क्लिनिकमार्फत बर्षमा करिब ६ हजार जनाले स्वास्थ्य सेवा लिएको र स्वास्थ्य चौकी भवन बने पछि खानीगाउँ सहित छिमेकी वडाका स्थानियहरु समेतले सेवा लिन सक्ने स्वास्थ चौकी प्रमुख जिबलाल बश्यालले बताउनु भयो

जिल्ला आयोजना कार्यान्वयन इकाइ पाल्पाको सहयोगमा बनेको स्वास्थ्य चौकी भवन बनेको हो । २०७५ साल फागुन २८ गते सम्झौता भएको शौचालय सहित ७ कोठे डेढ तले भवन १ करोड ३८ लाखको लागतमा निर्माण भएको उक्त भवन ड्र्गन कन्स्ट्रक्सन प्रा।लि काठमाडौले १८ महिनाको समयमा सप्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ पाल्पाका टीका थापाले बताउनु भयो । स्वास्थ्य चौकीलाई जग्गा दान गर्ने जग्गा दाता भोज बहादुर मिधुन र रुक बहादुर मिधुन परिवारले ५ रोपनी जगा उपलब्ध गराउनु भएको थियो । जग्गा दाता र सहयोग गर्ने विभिन्न ब्याक्तित्वहरुलाई दोसल्ला र पाल्पाली करुवा र सम्मान पत्रसहित सम्मान गरेका थिए । हामी त जनताको प्रतिनिधि जनताको आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो वडा अध्यक्ष तथा स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष गुन बहादुर बुढाथोकीको भनाई थियो सबैको साथ सहयोगले भवन बनेको बताउदै सहयोगीहात हरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उद्घाटन समारोहमा , बगनासकाली गाउँ पालिकाका उपाध्यक्ष सरस्वती चिदी ,प्रबक्ता लक्ष्मी प्रसाद अधिकारी , प्रदेस आर्थिक मामिला मन्त्रालयका लेखा अधिकृत लिला अर्याल , वडा नम्बर ३ का अध्यक्ष टीका बहादुर थापा , हुतमान सिङ दर्लामी , नेकपा नेता हरि प्रसाद पाठक , त्रिभुवन भुवन बहुमुखी क्याम्पसका प्रमुख टंक भट्टराई स्वास्थ्य साखा प्रमुख मनिराम अधिकारी , सीता खाती ,इन्दिरा भट्टराई लगाएले बोल्दै समयमै काम सप्पन्न हुने कुरा निकै खुशीको कुरा भएको बताउदै सहज सेवा उपलब्ध हुनु पर्नेमा जोड दिनु भएको थियो । समारोहको बिच बिचमा सास्कृतिक कार्यक्रम र स्थानीय पन्चेबाजा समेत बजाईएको थियो ।