Share
  •   
  •  
  •  
  •  

पाल्पा
विष्णु घिमिरे
बगनासकाली गाउपालिका खरको छानामुक्त गाउपालिका घोषणा भएको छ । बुधवार एक कार्यक्रमका विच गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले खरको छानामुक्त गाउपालिका भएको घोषणा गर्नुभयो । अध्यक्ष बस्यालले आर्थिक वर्ष ०७४।०७५ देखी ०७६।०७७ सम्म ३ आर्थिक वर्षमा २ सय ५२ घरहरुमा जस्तापाता लगाइ खरको छाना मुक्त गरिएको बताउनुभयो ।
बगनासकाली गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेस घिमिरेले वडा नं. १ मा १४ घर, वडा नं. २ मा ३७ घर, वडा नं. ३ मा ५ घर, वडा नं. ४ मा १८ घरहरुमा जस्तापाता वितरण गरिएको जानकारी दिनुभयो, त्यसैगरी वडा नं. ५ मा ८ घर, वडा नं. ६ मा १ सय ५ घर, वडा नं. ७ मा ४३ घर, वडा नं. ८ मा १९ घर र वडा नं. ९मा ३ घरहरु गरी २ सय ५२ घरहरुमा ७ सय ७६ वण्डल जस्तापाता वितरण भएको बताउनुभयो ।
आर्थिक वर्ष ०७४।०७५ बाट सुरुभएको खरको छाना हटाउने कार्यक्रममा ३ आर्थिक वर्षमा ६९ लाख रुपैया खर्च भएको बगनासकाली गाउपालिकाले जनाएको छ । स्थानीयतहको निर्वाचन पछी आर्थिक अवस्था कमजोर भएर जस्तापाता लगाउन नसक्नेहरुको लागि फुसरहित अभियान सुरु गरिएको थियो । “शोखले होइन, बाध्यताले खरको छानामुनी बस्नुपरेका बगनासकाली वासीहरुलाई जस्तापाता दिएर यो अभियान सफल पारेका छौं ।” अध्यक्ष बस्यालले भन्नुभयो ।
खरको छानामुक्त गाउपालिका घोषणा कार्यक्रममा बगनासकाली गाउपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले गास वास र कपास मानिसको आवश्यकता भएकोले हामीले पहिलो प्राथमिकतामा सुरक्षित बासको व्यवस्था गरेका छौं, अवका दिनमा आर्थिक स्तर उकास्ने कार्यक्रमहरु संचालन गर्नेछौं, अध्यक्ष चिदीले भन्नुभयो । कार्यक्रममा प्रवत्ता लक्ष्मी अधिकारीले आर्थिक स्थीती राम्रो भएकाहरुले आफै जस्ता पाता लगाएका छन्, नसक्नेहरुको लागि गाउपालिकाले लगाइदिएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव कृष्ण कार्की, बगनासकाली पत्रकार समूहका सचिव विष्णु घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन भोजराज भटराईले गर्नुभएको थियो ।