Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा

नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।

तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल आफैं पनि यो प्रस्तावको पक्षमा छैन ।
पर्यटन बोर्ड ऐतिहासिक संरचनालाई होटलमा परिणत गर्न अग्रसर छ । ‘हामी पर्यटनमा विविधीकरण खोज्छौं,’ बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा। धनन्जय रेग्मीले भन्नुभयो, ‘त्यसका लागि फरक खालका उत्पादनमा लाग्नुपर्छ, त्यसमध्ये एउटा उत्पादन हो रानीमहल ।
रानीमहललाई होटल वनाउने प्रस्तावको समाचार आएपछी सामाजिक संजालमा विरोध सुरु भएको छ । पाल्पाका विभिन्न व्यक्तिहरुले सामाजिक संजालमा रानीमहललाई होटल वनाउने प्रस्ताव गलत भएको भन्दै फिर्ता लिन पर्यटन वोर्डलाई अनुरोध गरेका छन् ।