Share
  •   
  •  
  •  
  •  

पाल्पा
नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना हुने विस्वास गर्नुभएको छ । संसद पुनस्र्थापना नभए मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने संकेत गर्नुहुँदै उहाँले सर्वोच्च अदालतले मुलुकको हितमा फैसला दिने बिश्वास व्यक्त गर्नुभयो ।

नेकपा पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता भुसालले सरकारले आगामी बैशाखमा चुनावको मिति घोषणा गरेपनि सो मितिमा चुनाव हुनेमा आशंका गर्नुभयो ।
उहाँले अदालतमा प्रधानमन्त्रीका वकिलले गरेको कमजोर बहसले अब संसद पुर्स्थापना हुने सम्भावना बढेर गएको बताउनुभयो । उहाँले अहिले ओली एकातिर, जनता, कांग्रेस, नेकपा, वकिल, प्राध्यापक, बुद्धिजीवि अर्कोतिर भएको बताउँदै संसद पुनर्स्थापना हुने भएपछि दल विभाजन गर्नतर्फ ओली उद्धत रहेको बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य घनश्याम भुषालले ओलीले झुटको राजनीति गरेको आरोप लगाउनुभएको छ ।


पाल्पा जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले तत्कालिन नेकपा एमालेमा नीति एउटाको र नेतृत्व अर्कोको हुँदा ओलीले कम्यूनिष्ट पार्टीलाई नै ध्वस्त पारेको उहाँले बताउनुभयो ।

उहाँले ओलीले रावण बन्न खोजेर सर्वसत्तावाद लादेको आरोप लगाउनुभयो । ओलीको रणनीति चुनाव लडेको लड्यै गर्ने तर विकास र जनताको समस्यालाई ध्यान नदिने नीति रहेको बताउनुभयो । उहाँले त्यसका विरुद्ध सचेत नागरिकहरु एक हुनुपर्ने बताउनुभयो । उहाँले संसद पुर्नस्थापना हुने दावी गर्दै पुर्नस्थापना भएन भने देश थप भएवह अवस्थामा जाने बताउनुभयो ।

ईरानीमहलबाट