Share
  •   
  •  
  •  
  •  

पाल्पा
विष्णु घिमिरे
पश्चिम पाल्पाका २ स्थानीय तह रिब्दीकोट र रैनादेवी गाउपालिकाले गाउपालिका भवन निर्माण सुरु गरेका छन् । रिब्दीकोट गाउपालिकाले प्रदेश सरकार संगको समपुरक वजेटमा र रैनादेवी छहरा गाउपालिकाले आफ्नै लागतमा भवन निर्माण सुरु गरेका हुन् ।
रिब्दीकोट गाउपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख गरी १ करोडको लागतमा २ तलाको भवन निर्माण भइरहेको छ । गाउपालिकाका इन्जिनियर सुधिर न्यौपानेका अनुसार पहिलो तलामा ७ र दोश्रो तलामा ४ गरी ११ कोठाहरु रहेको भवनको निर्माण भइरहेको छ ।
स्थानीय तहको निर्वाचन पछि ऐन कानुन निर्माणमा प्राथमिकता दिएको रिब्दीकोटले यो वर्ष आफ्नै भवन निर्माण गर्न लागेको हो । रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीका अनुसार गाउपालिकाका ८ वटा वडाहरु मध्ये वडा नं. ६ ठिमुरे र वडा नं. ८ फेकको वडा कार्यालय भवन व्यवस्थि तगर्न वाँकी रहेको छ भने वाँकी ६ वटा वडा कार्यालय भवनहरु व्यवस्थापन भएका छन् ।
उता रैनादेवी छहरा गाउपालिकाले पनि छितरिएर रहेको सेवा एकै ठाउँबाट प्रवाह गर्न गाउपालिका भवन निर्माण गरिरहेको छ । गाउपालिकाको आफ्नै श्रोतबाट ४ करोडको लागतमा भवन निर्माण भइरहेको छ । १ तला ढलान भएको भवन आगामी असार मसान्त भित्र सम्पन्न हुने वताइएको छ । गाउपालिकाका अध्यक्ष राम बहादुर कार्कीले जनतालाई सेवा दिन साँघुरो र अप्ठेरो परेकोले भवन निर्माण गरिएको बताउनुभयो ।