Share
  •   
  •  
  •  
  •  

पाल्पाली गायक सुमन गैरेको आवाजमा नयाँ रोईला (ख्याली) गीत सार्वजनिक भएको छ । बैमानीको खलक गीतमा सुमन गैरे र सिमा विश्वकर्माले स्वर दिनुभएको छ । गीतको शब्द पाल्पाली गायक पुरुषोत्तम गैरेले लेख्नुभएको हो ।

गीतको भिडियोमा अर्जुन न्यौपाने, शिखा विश्वकर्मा लगायतले अभिनय गर्नुभएको छ । गोकुल सारुको कोरियोग्राफी, पुरुषोत्तम गैरेको निर्देशन रहेको भिडियोलाई सन्तोष बस्यालले छायांकन गर्नुभएको हो । गायक सुमनका थुप्रै गीत लोकप्रिय छन् । पाल्पामा मौलिक कला र संस्कृतीको रुपमा लिइने रोइला गीत स्रोता तथा दर्शकले रुचाउनेमा सुमनले आशा व्यक्त गर्नुभएको छ ।

यहाबाट गीत हेर्न सकिन्छ ।