Share
  •   
  •  
  •  
  •  

पाल्पा
दिपक ढुङ्गागाना
बगनासकाली गाउपालिकाका विभिन्न वडाहरुका वजारको अनुगमन गरिएको छ । गाउपालिकाको वडा नं ५, ६, ८ र ९ का वजार क्षेत्रहरुमा रहेका पसलहरूको अनुगमन गरियको हो । बगनासकाली गाउपालिकाको आयोजनामा आलेप अधिकृत यादब प्रसाद न्यौपानेको नेतृत्वमा बजार अनुगमन गरियको थियो ।
अनुगमनमा ३० वटा पसलमा विक्रीको लागि सजाइएका बस्तुहरूको उपभोग्य मिति, मूल्य सूचि भए नभएको, खरिद बिक्रीको बिल, साइन बोड, पसलको दर्ता भय नभएको हेरि आबस्यक सल्लाह दिदै उपभोग्य मिति सिद्दिएका बस्तुहरू जफत गरिएको थियो । बगनासकाली गाउपालिकाका आलेप अधिकृत यादव न्यौपानेका अनुसार बजार ४ हजार २ सय वरावर मूल्यका सामाग्रीहरु म्याद सकिएको भेटिएको थियो । म्याद नाघेका सामाग्रीहरुलाई स्थानीय जन प्रतिनिधिहरू र स्थानिय ब्यबसायीहरूको रोहबरमा नष्ट गरिएको छ । अनुगमन बाट जफत गरिएका कुरमुरे, चिजबल, चिसो पेय पदार्थ, बिस्कुट, मसला, सृङगार लगायतका सामाग्रीहरु नष्ट गरिएको बगनासकाली गाउपालिका पाल्पाले जनाएको छ ।
अनुगमनमा खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालय पाल्पा, घरेलु तथा साना उधोग कार्यालय पाल्पा, जिल्ला प्रशासन कार्यालय ,बगनासकाली गाउपालिका, र उधोग बाणिज्य संघका प्रतिनिधिहरू, पत्रकार र सुरक्षा कर्मी सहितको टोली सहभागी थिए ।