Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा
रैनादेवी छहरा गाउपालिकाले जुठापौवा सालझण्डी मोटरवाटो निर्माण तथा कालोपत्रेको काम सुरु गरेको छ । गाउपालिकाको पहलमा संघिय सरकार र प्रदेश सरकारको समपुरक वजेटमा वाटो निर्माण तथा कालोपत्रेको काम भएको हो ।
३ वटै सरकार को लगानीमा जुठापौवा सालझण्डी मोटरवाटो अन्र्तगत यो वर्ष सुन्दरे ढुङ्गगा देखी नेपाने सम्म ३ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । संघिय र प्रदेशको समपुरक र रैनादेवी छहरा गाउपालिकाको सम्युक्त वजेटमा ३ किलोमिटर सडक कालोपत्रेको काम भएको रैनादेवी छहरा गाउपालिकाले जनाएको छ । वहुवर्षिय योजना अन्र्तगत ३ वर्षमा सम्पन्न हुने सडकको यो आर्थिक वर्षमा ३ किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । १५ करोड लागतको जुठापौवा सालझण्डी मोटरवाटो अन्र्तगत सुन्दरे ढुङ्गगा देखी नेपाने सम्म ८ करोडको लागतमा कालोपत्रे गरिने रैनादेवी छहरा गाउपालिकाका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।

रैनादेवी छहरा गाउपालिकाले कृषि सडकको रुपमा लिएको जुठापौवा सालझण्डी मोटरवाटोले यस क्षेत्रका स्थानीयलाई बुटवल संग जोड्न सहज हुनेछ । सिद्धवावाको डरलाग्दो वाटोको विकल्पमा यो क्षेत्रका स्थानीयलाई छोटो र सजिलो हुने वताइएको छ । तानसेन हुदै बुटवल जानका लागि छहराबाट ६६ किलोमिटर हुने गर्गछ भने जुठापौवा सालझण्डी मोटरवाटो हुदै बुटवल जानका लागि ५६ किलोमिटर हुनेछ ।

जुठापौवा सालझण्डी मोटरवाटो अन्र्तगत सुन्दरे ढुङ्गगा देखी नेपाने सम्म ३ किलोमिटर सडक कालोपत्रेको लागि तयारीको काम भईरहेको निर्माण व्यवसायीले वताएका छन् । पिएस गौरीशंकर हिमालयन कम्पनीका बुद्धीमान तामाङ्गका अनुसार सम्झौताको ३ महिनामा कटिङ्ग, ग्याभिङ्ग र वालको काम भइरहेको छ । आगामी असार मसान्तसम्म सम्पन्न हुने निर्माण सेवा कम्पनीले जनाएको छ ।