Share
  •   
  •  
  •  
  •  

रिब्दीकोट गाउपालिका ५ सिस्नेरी घाटमा ट्रस पुल निर्माण सुरु भएपछी यो क्षेत्रका स्थानीहरु खुसी भएका छन् । रिब्दीकोटको वडा नं. ५ सिस्नेरीका ५५ घरहरु वर्षातमा वारी पारी गर्न सक्दैनथे । स्थानीय हरी कुमारी घर्ती वर्षा लागेपछी यताउती हिड्नै समस्या हुने गरेको वताउदै पुल बन्ने भएपछी नानीवावुहरुलाई स्कूल पुरयाउन सजिलो हुने बताउनुहुन्छ ।
यो क्षेत्रका स्थानीयहरुलाई वर्षामा वारी पारी गर्न समस्या पर्दै आएको थियो । खोला पारी ५५ घरपरिवार वसोवास गर्दै आएका छन् । विद्यालय खोलापारी भएकोले वर्षामा विद्यार्थी समेत विद्यालय जान नसक्ने स्थानीय कमला घर्ती बताउनुहुन्छ । घर्ती भन्नुहुन्छ पारी जान खोज्दा खोला हेर्ने फर्कने हुने गरेको थियो, अव सजिलो हुने भयो ।
रिब्दीकोट गाउपालिकाको पहलमा २२ लाखको लगानीमा सिस्नेखोला ट्रस पुल निर्माण हुन लागेको हो । २८ मिटर लामो पुलको सामाजिक तथा प्राविधिक सहयोग इन्द्रेणी समाज केन्द्रले गरेको छ । पुल निर्माणकार्य असार मसान्त भित्र सम्पन्न हुने बताइएको छ । रिब्दीकोट गाउपालिकामा स्थानीय तहको निर्वाचन पछी टोल र बस्तीहरु जोड्ने सानो लगानीका ट्रस पुलहरु निर्माण भईरहेका छन् । गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीका अनुसार साना टोल र बस्ती जोड्ने पुलहरु आउदो वर्ष सम्ममा गाउपालिकाको सवै ठाउँमा सकिन्छ ।