Share
  •   
  •  
  •  
  •  

वगनासकाली गाउँपालिमा यो वर्ष २ वटा स्वास्थ्य चौकीका, नयाँ भवन बन्दै
विष्णु घिमिरे
पाल्पा
वगनासकाली गाउपालिका पाल्पामा २ वटा स्वास्थ्य चौकीका नया भवन निर्माण हुने भएका छन् । गाउपालिकामा रहेका ९ वटा स्वास्थ्य चौकी मध्ये वर्थिङ सेन्टर सहितका २ वटा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेका हुन् ।
वगनासकाली गाउपालिकाको वडा नं. १ चिर्तुङधारा र वडा नं. ४ खानिछापमा २ वटा स्वास्थ्य चौकीका नया भवन वन्न लागेको वगनासकाली गाउपालिका पाल्पाले जनाएको छ । आइतवार वगनासकाली गाउपालिकाको वडा नं. ४ खानिछापमा स्वास्थ्य चौकी भवनको सिलान्यास गरिएको छ । वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले स्वास्थ्य चौकी भवन सिलान्यास गर्दै खानिछापमा अव आधुनिक र सुविधा सम्पन्न भवनमा प्रसुती सहितको स्वास्थ्य उपचार हुने बताउनुभयो ।
वगानसकाली ४ खानिछापमा पुरानो भवनमा वर्थिङ सेन्टर संचालन भइरहेको थियो । वगनासकाली गाउपालिकाको विशेष योजना अन्र्तगत संघिय सरकारको सहयोगमा १ करोड ४७ लाखको लागतमा भवन निर्माण हुन लागेको वगनासकाली गाउपालिकाका स्वास्थ्य सयोजक मणिराम अधिकारीले जानकारी दिनुभयो । असार मसान्तसम्म सम्पन गर्ने गरी दिवा इन्जिनियरिङ कन्र्सट्रक्सन कम्पनीले भवनको निर्माण गर्नेछ । शिलान्यास कार्यक्रममा वोल्दै वगनासकाली गाउपालिका पाल्पाका उपाध्यक्ष सरस्वती चिदीले गाउपालिकाले सवै नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचारमा पँहुचका लागि भवन निर्माणको काम गरिरहेको बताउनुभयो । गाउपालिकाका प्रवत्ता लक्ष्मी अधिकारीले वगनासकाली गाउपालिकाले यो वर्ष चिर्तुङधारा र खानिछापको स्वास्थ्य चौकी भवन निर्माण गर्ने बताउदै, जनताको स्वास्थ्य उपचारमा गाउपालिकाको विशेष महत्व दिएको बताउनुभयो ।
वगनासकाली गाउपालिका पाल्पामा स्वास्थ्य चौकी ९ वटा, सामुदायिक स्वास्थ्य ईकाइ १ वटा, वर्थिङ सेन्टर ३ वटा र आयुर्वेद १ वटा रहेका छन् ।