Share
  •   
  •  
  •  
  •  

पाल्पामा कोरोना विरुद्धको खोप अभियानको दोस्रो तरण सुरु भएको छ । दोश्रो चरणमा अग्रपंक्तिमा रहेका प्रहरी र पत्रकारले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतवार दोस्रो चरणको खोपमा पत्रकार महासंघमा आवद्ध तथा क्रियाशिल पत्रकार, जनपद र ट्राफिक प्रहरीले खोप लगाएका हुन् ।
पाल्पामा चार खोपकेन्द्र मार्फत निशुल्क कोरोनाको खोप दिइएको छ । दोस्रो चरणमा कोभिड १९ विरुद्धको खोप जिल्लाका चार स्थानबाट लगाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार दोस्रो चरणमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका व्यक्ति, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी, निजमती सेवाका कर्मचारी, जनपथ प्रहरी, ट्राफिक प्रहरी, बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी, अदालत र सरकारी वकिल, जिल्लाका क्रियाशिल पत्रकारहरु लगायतका व्यक्तिहरुलाई खोप प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारको निणर्य अनुसार दोस्रो चरणमा लक्षित व्यक्तिहरुको फागुन २ गते सोमवार देखि ८ गतेसम्म विभिन्न खोप केन्द्रमा खोप संचालन गरिनेछ । स्वास्थ्य कार्यालयका अनुसार पाल्पा अस्पताल, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पताललाई गरी चार खोप केन्द्रको रुपमा तोकिएको छ । यि अस्पतालहरुबाट ३ हजार ३ सय ४० जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी मेडिकल कलेजमा ९ सय जना, मिसन अस्पतालबाट ६ सय जना, पाल्पा अस्पतालबाट १ हजार १ सय ९० जना, रामपुर अस्पतालबाट ६ सय ५० जना गरी ३ हजार ३ सय ४० जनालाई खोप दिइने लक्ष्य रहेको छ । पाल्पामा पहिलो चरणमा २ हजार बढीले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।