Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा, पुस १८
नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अगुवा कार्यकर्ता भेला शनिबार पाल्पामा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाइ नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेकपाका प्रबक्ता प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको छ । मन्त्री ज्ञवालीले पार्टी नफुटेको भन्दै झन वृहत बनेको बताउनुभयो । पार्टीका केही सदस्यहरु अर्को गुट बनाएर जानुभएको छ, तर नेकपा फुटेको छैन मन्त्री ज्ञवालीले भन्नुभयो पार्टीमा सदस्य संख्याले भन्दा क्रियाशिलताले प्रभाव पार्छ, २०७२ सालमा भुकम्प जादा जति पार्टी चलायमान र गतिशिल थियो त्यो कोरोना महामारीमा देखिएन् । प्रचण्डतर्फ इङकित गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो सरकारको नेतृत्व गरेका ओलीलाई राम्रो काम गरेन भन्ने प्रचण्डले पार्टीलाई कहाँ पुरयाउनुभयो आफुलाई हेर्नु पर्दैन ?


देशमा यति बेला जीवन र जिबिका ब्यबस्थापनमा गर्नु पर्ने बेला छ । तर राजनीति अबस्थाले फरक रुप लिएको मन्त्री ज्ञवालीको भनाई छ ।उहाँले अहिले प्रचण्ड नेपाल समुहले नेपाली जनताबाट प्राप्त उपलब्धिको बेवास्ता गर्दै पदका लागि तृप्त हुदा यो अबस्ता आएको बताउनुभयो । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरे ,केन्द्रिय सदस्य झपेन्द्र जिसी प्रदेश सांसद युबराज खनाल गाउँपालिकाका अध्यक्षहरुको तर्फबाट निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले पार्टी निर्माणमा योगदान पुर्याउनेहरुले फुट्न नदिने बताउनुभयो । ४ सय बढी अगुवा कार्यकताहरुको सहभागिता रहेको भेलामा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, रामजी पोखरेलको स्वागत र जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षता रहेको थियो ।