Share
  •   
  •  
  •  
  •  

पाल्पा: सामाजिक स्रोत विकास केन्द्र नेपाल तानसेन पाल्पाको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । तानसेनमा भएको साधारणसभामा सस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले सस्थाको १ वर्षका प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सस्थाले कोरोना महामारीका वित पनि उल्लेख्य काम गर्न सफल भएको बताउनुभयो ।
सस्थाले सामाजिक विकास, महिला अधिकार, गुणस्तरीय सार्वजनिक शिक्षा, सुरक्षित समुदाय, आय आर्जन(दिगो कृषी), पूर्वाधार विकास, संस्थागत विकास, आन्तरीक सुशासन, समन्वय र साझेदारीका क्षेत्रमा काम गर्दै आएको निर्देशक गिरीले बताउनुभयो । साधारणसभामा क्षेत्रीय सदस्य हरि कुमाल, पूर्व कर्मचारीहरु केशव बस्याल र बाबुराम रिजाल, पूर्व अध्यक्ष कोशल राज घिमिरे लगायतले वोल्नुभएको थियो । सस्थाका सदस्य कर्ण बहादुर कुमालको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव राजेश श्रेष्ठ तथा अध्यक्षता सस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले गर्नुभएको थियो ।
सस्थाले शुसासन, खानेपानीमा पँहुच, लक्षित वर्गको अधिकारका विषयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरु संगको साझेदारीमा कार्यक्रम संचालन गर्दै आएको छ ।