Share
  •   
  •  
  •  
  •  

पाल्पा
वगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफुले पाएको तलवबाट जनताको आयस्तर उकास्न वाख्राका माउ वितरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष बस्यालले वगनासकाली ९ चापपानीका १० घरपरिवारकालागि १० वटा बाख्राका माउहरु वितरण गर्नुभएको हो । चापपानीमा रहेको मालारानी वचत तथा ऋण सहकारी संस्था मार्फत ५० हजार वरावरको वाख्रा वितरण गरेको अध्यक्ष बस्यालले बताउनुभयो । “मैले निर्वाचन अगाडी नै तलव नलिने घोषणा गरेअनुसार प्राप्त गरेको तलवबाट गरिव तथा विपन्न वर्गका नागरिकहरुलाई आर्थिक सहायता हुने काममा लगाउदैं, आएको छु ।” अध्यक्ष बस्यालले भन्नुभयो ।

मालारानी वचत तथा ऋण सहकारी संस्थाले गाउपालिका अध्यक्षबाट प्राप्त वाख्राका माउ आफ्ना सदस्यहरुलाई मागका आधारमा वितरण गर्दै आएको छ । सस्थाका अध्यक्ष चिन्तामणी बस्यालका अनुसार गत ३ वर्षदेखी सदस्यहरुलाई मागका आधारमा पैचौको रुपमा वाख्रा वितरण गर्दै आएको छ । सहकारीले सदस्यहरुलाई वितरण गरिएका वाख्रा २ वर्षपछी एउटा माउ फिर्ता गरी पुनः अन्य सदस्यहरुलाई वितरण गर्दै आएको छ ।