Share
  •   
  •  
  •  
  •  

कला न्यौपाने
पाल्पा । सरस्वती चिदी मगर वगनासकाली गाउँपालिका पाल्पाकी उपाध्यक्ष । समाजसेवा, राजनीति र देश विकासमा समर्पित एक महिला । समाज परिवर्तन र जनताको विकासमा समर्पित भई सहयोग गर्छु भन्ने अठोटका साथ अगाढी बढनु भएकी सरस्वती चिदीको दिन रात समाज सेवामै वित्ने गरेको छ । बगनासकाली गाउँपालीका उपप्रमुखको स्थानमा रहेर काम चिदी भन्नु हुन्छ, “संघर्षरत अवस्थामा मैले व्यक्तिका विभिन्न कुरा, विभिन्न व्यवहार, समयको यथार्थ घटना, धेरै किसिमका परिस्थितिको सामना गरे ”
स्थानिय तहमा उपप्रमुख भएर आएपछि जनताको सेवामा समर्पित भई कामहरु गदै आएको वताउने चिदी महिलाको हक हितका लागी एकल महिला, अपाङ्गता, लगायत आर्थिक रुपमा पछाढी परेका महिलाहरुलाइ विभिन्न महिला संजाल बनाएर विभिन्न सिप विकास तालिमहरु दिन अगाडी बढ्नुभएको छ । आयआर्जनको पाटोमा माथि उकासने, किशोरी क्लवहरुको समुह बनाउने महिला हिंसा, दुरव्यवहार, बलात्कार, बालविबाह लगाएतका क्षेत्रमा थुरै कामहरु गरेको चिदी बताउनुहुन्छ । उपप्रमुख भएपनि मैले सोचे र चाहे जसरी काम गर्न सकिरहेकी छैन । राजनिति क्षेत्र, होस या समाज सेवा आफु महिला भएकौ कारणले गर्दा आफुलाइ हेर्ने दृश्टीकोण फरक रहेको र अन्य कामहरुबाट पछाडी परेको उहाँको गुनासो छ ।
चिदी भन्नुहुन्छ, “नेपाली समाजमा महिलाहरु अली कमंजोर नै रहेछौं । साचिँकै हामी महिलाहरु धेरै भावुक छौँ । आफैमा कमजोर छौं, स–साना कुरामा चित्त दुःखाउछौँ । हामी भावुक हुनुको कारण के पनि छ भने हामी आफनो लागि भन्दा अरुको लागि धेरै बाच्नुपर्ने बाध्यता छ । ”
बिहान ५ बजे उठेर घरको काम सक्याएपछी ९ बजे कार्यालय हिड्ने चिदी घर फर्कदा कहिलेकाँही राती नै हुने गर्दछ । “कार्यालयमा कहिले कार्यक्रम, कहिले खाता पाता मिलाउने काममा दिनै भरी व्यस्त रहनु पर्छ, घर फर्कदा राति ८–९ त कहिलेकाही ११–१२ पनि बज्ने गर्छ ।” उहाँ भन्नु हुन्छ, “मेरा हरेक समय अफिसको काममा वित्ने गर्छ शनिबार पनि म आफनो परिवारलाइ समय दिन सक्दीन” । मलाई परिवारको पूर्ण सपोट छ यदि सपोट नभएको भएत म यसरी काम गर्न सक्ने अवश्थामा नै रहने थिएर” ।
दुई सन्तानकी आमा चिदीका श्रीमान इन्डीयाको लाहुरे हुनुहुन्छ । २०३८ सालमा अर्घाखाचीमा जन्मनु भएकी चिदी सानै उमेर देखिनै समाजसेवामा इच्छुक हुनुहुन्यो । क्याम्पस पढ्दा पढ्दै अनेरास्ववियूमा सदस्य रहेर सामाजिक क्षेत्रमा हात हाल्नु भएकी चिदीको २० वर्षको उमेरमा नै विबाह भयो पढ्छु भन्ने सपना टुटयो तर राजनीतिलाइ भने निरतरता दिनु भयो । निर्वाचित भएपछि बोल्ने कुरामा, सामाजिक, राजनितिक, परिवेसका धेरै कुरा आफुमा परिर्वतन आएपनि म सन्तुस्ट छैन चिदी बताउनु हुन्छ ।
चिदीका सघंर्षका दिनहरु यसै सकिने छैन्न उहाँले जीनदगीनै समाज सेवामा विताउने अठोट लिनुभएको छ । स्थानिय तहको गठन पछी उपप्रमुखको स्थानमा रहेर काम गर्दै गदा अव अध्यक्षको पदमा रहेर काम गर्ने इच्छा लागेको छ चिदी मुसुक्क हास्दै बताउनु हुन्छ ।