Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाको आयोजनामा नेपाल मानवअधिकार बर्ष पुस्तक २०२१ को लागि बार्षिक पूर्व समिक्षा कार्यक्रम सोमबार तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले एक वर्षको अवधिमा पाल्पामा संकलित घटनाहरु प्रस्तुत गर्नुभएको थियो । तिमिल्सिनाले एक वर्षको अवधिमा पाल्पामा बाल यौन दुब्र्यबहारका घटना ४, बालिका बलात्कारका घटना ७, महिला बलात्कारका घटना ८, राजनीतिक अधिकारका १, जातीय बिभेदको १ सहित घरेलु हिंसाका समेत गरि ६५ वटा घटनाहरुको बिवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदनमा जिल्ला स्तरमा अहिले पनि नागरिकहरुले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको पुर्ण उपयोग गर्न नपाएको बिषय समेत उल्लेख छ ।
कार्यक्रमका पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले मानवअधिकारको बिषय प्राथमिकताको बिषय रहेको बताए । प्रजिअ न्यौपानेले यसप्रकारको छलफलले जिल्लाको मानवअधिकारको अवस्थामा सुधार गर्नुपर्ने बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी ध्रुव बहादुर कुँवर, बरिष्ठ पत्रकार मेधराज शर्मा, रेड्क्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले मानवअधिकार अधिकार बर्ष पुस्तकले समग्र मानवअधिकारको बिषयलाई समेट्न सकोस् भन्ने शुभकामना दिएका थिए । शिक्षक महासंघका अध्यक्ष देबीप्रसाद भट्टराई, शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, शिक्षक संघका अध्यक्ष धनकला गाहा, प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपानेले कोरोना महामारीको पछिको पाल्पाको शैक्षिक अवस्थाबारे जानकारी गराएका थिए ।

कोभिड अस्पतालका खेमध्वज कार्की, मानवअधिकार एलायन्सकी केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरे, गैरसरकारी संस्था महासंघ पाल्पाका सचिव ठाकुर लोहागुन, पत्रकार राजेन्द्र लिगल, बेद युवा समुहका अध्यक्ष बरुण बस्याल लगायतले मानवअधिकार बर्ष पुस्तकमा समेटिनुपर्ने बिषयको बारेमा सुझाव दिएका थिए । मानवअधिकार निगरानी समुहका अध्यक्ष भगवान भण्डारीको अध्यक्षता र पत्रकार दयाराज न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।