Share
  •   
  •  
  •  
  •  

कालीगण्डकी गाउपालिका स्याङ्जाको वारीचौर र वगनासकाली गाउपालिका पाल्पाको मन्द्रान जोड्ने झोलुङगे पुलको शिलान्यास गरिएको छ । कालीगण्डकी गाउपालिकाका अध्यक्ष खिम बहादुर थापाले एक समारोहका विच पुलको शिल्यान्यास गर्नुभएको छ । शिलान्यास गर्दै अध्यक्ष थापाले पाल्पाली र स्याङजालीको दुरी मात्रै नभई मन जोड्ने पुल निर्माण गरिएको बताउनुभयो । उहाँले कालीगण्डकी गाउँपालिकाको दुर्गम क्षेत्र वारीचौर अव सुगम हुने विश्वास व्यक्त गर्दै यो स्याङजा जिल्लाकै पर्यटकिय पुल हुने बताउनुभयो ।
संघिय सरकार र कालीगण्डकी गाउपालिकाको २ करोड ६७ लाखको सम्युक्त लगानीमा ३ सय ४२ मिटर लामो पुल वन्न लागेको हो । प्राविधिक पूर्ण वहादुर रानाका अनुसार ९२ मिटर उचाई रहने पुलमा १२ वटा लटठामा १.४ मिटर चौडाई रहने छ ।
शिलान्यास कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पुल निर्माणले वारिचौर पर्यटकिय क्षेत्रको रुपमा विकसित हुने बताउनुभयो ।
वगनासकाली गाउपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने पुल कालीगण्डकी नदीको सतहबाट ९२ मिटरको उचाईमा बन्नेछ । यो स्याङ्जा जिल्लाकै उच्च स्थानमा वनेको पुल भएको बताइएको छ । ०७८ असार मसान्त भित्रै सम्पन्न गर्ने गरी गीता निर्माणसेवा कम्पनीले पुल निर्माणको काम गर्ने भएको छ । शिलान्यास र्काक्रममा नेकपा स्याङजाका कृष्ण वहादुर लामिछाने, राष्ट्रिय जनमुक्ति पाटीका खड्क बहादुर झेडी मगर, प्रमुख प्रशाशकिय अधिकृत, अनुगमन समितिका सदस्य टंकनाथ न्यौपाने लगायतले पुल निर्माणले वारिचौरका जनता लाभान्वित हुने बताउनुभयो ।