Share
  •   
  •  
  •  
  •  

पाल्पा । तिनाउ गाउपालिका वडा नं. ३ को ज्यामिरेका ९८ घरका कृषकहरुलाई तरकारीको विउ वितरण गरिएको छ । तिनाउ गाउपालिका कृषि शाखाले ज्यामिरेका कृषकहरुलाई ६ थरीको तरिकारीका विउहरु वितरण गरेको हो । विउ वितरण गर्दै तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले ज्यामिरेटोल कृषकहरुले तरकारी किनेर खानुपर्ने बाध्यता हटाउन विउ वितरण गरिएको बताउनुभयो । घरमा फालिएको पानीबाट पनि तरकारी खेती गर्न सकिनेभएकोले आत्मनिर्भर बनाउन विउ बाँढिएको अध्यक्ष घर्तीमगरको भनाई छ ।

दालचिनीको पकेट क्षेत्रको रुपमा रहेको ज्यामिरेमा पानीको दुःख भएकोले यहाँका कृषकहरु तरकारी खेतीमा आर्कर्षित थिएनन् । गाउपालिकाबाट ५० हजारको वजेटमा विउ वितरण गरिएको थियो । तिनाउ ३ का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेले ज्यामिरेका कृषकहरु दालचिनीबाट आम्दानी गरेपनि हरेक कुरा किनेर खानुपरेकोले घरमा खानकै लागि भएपनि विउ वितरण गरेर प्रोत्साहन गरिएको बताउनुभयो । कार्यक्रममा तिनाउ गाउकार्यपालिकाका सदस्य पम्फा थापाले कृषकहरुलाई गरिएको प्रोत्साहनले थप आत्मनिर्भर बनाउने बताउनुभयो । कार्यक्रममा कृषि शाखाका प्रमुख हेमन्त कुमार शर्मा र प्राविधिक कल्पना पोखरेलले कृषकहरुलाई सहजिकरण गर्नुभएको थियो ।