Share
  •   
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसले आज काठमाडौंसहित ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गरेको छ। सोमबार पाल्पा सदरमुकाम तानसेनमा पनि विरोध प्रर्दशन भएको छ । तानसेनको पार्टी कार्यालयबाट दिउँसो १ बजे जुलुससहित निस्किएको र्याली तानसेनका मुख्य सडक र चोक हुदै बिशालबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संघीय गणतन्त्रका पक्षमा नारा लगाउन र वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रदर्शन गर्न कांग्रेसको निर्देशन पाल्पामा पनी प्रदर्शन भएको हो। पाल्पाको प्रदर्शन र सभामा नेपाली कांग्रेसका पूर्ब केन्द्रिय सदस्य राजन पन्थले बर्तमान सरकार भ्रष्टाचार र जनबिरोधी रहेको बताउनुभयो । उहाले तथ्य प्रस्तुत गर्दै तथ्यबाट नै यो सरकार भ्रष्टाचार लागेको बताउनुभयो । नेपाली कांग्रेसका पाल्पा सभापती तथा लुम्बिनी प्रदेशका सांसद बीर बहादुर रानाले तनहुँ घटना प्रती बिरोध जनाउदै अहिलेको अधिनायकबादी सरकारबाट जनताले बिकास र समृद्धि देख्न नपाउने उल्लेख गर्नुभयो ।