Share
  •   
  •  
  •  
  •  

सामाजिक श्रोत बिकास केन्द्र नेपालको स्थानीय अधिकार कार्यक्रमको बार्शिक समिक्षा कार्यक्रम सम्पन्न भयेको छ । माथागढी गाउपालिकाको कसेनिमा भयेको समिक्षा कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले यो बर्श कोरोना महामारिका कारण अन्य कार्यक्रमहरुलाइ कोरोना रोकथाम र नियन्त्रणमा लगाइएको बताउनुभयो । सहजकर्ता मोति रानाले १ बर्ष भित्र कसेनिमा गरेका क्रियाकलापहरुको जानकारी गराउनु भयो ।

कार्यक्रमका अध्यक्ष माथागढी ३ का वडा अध्यक्ष दिपक थापाले वडा संग म्याचिङ कार्यक्रम गर्न जोड दिनुभयो । दिव्यज्योती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रेखीराम रानाले आयआर्जन र जिविको पार्जनमा सस्थाले बाटो देखाउने काम गरेको बताउनुभयो । समिक्षा कार्यक्रममा कार्यपालिका सदस्य तारा रसाली, मनोसामाजिक कार्यकर्ता माया बस्याल लगायतले सामाजिक स्रोत विकास केन्द्र नेपालले युवाहरुको क्षेत्रमा पनि थप कार्यक्रम गर्न सुझाव दिनुभयएको थियो । साथै कसेनीका विद्यालयहरुको लागि माक्स, सेनीटाइजर, सावुन तथा सरसफाइका सामाग्रीहरु वितरण गरिएको थियो ।