Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा

गत चैत्रमा लकडाउन सुरु भएसगै बैकल्पिक शिक्षण क्रियाकलापमा केन्द्रित रहेका पाल्पाका विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । विभिन्न वैकल्पिक माध्यमबाट शैक्षिक सत्र सञ्चालन गर्दै आएका तानसेनका विद्यालयहरु अहिले भने भौतिक रुपमै विद्यार्थी सहभागी गराउर्दै विस्तारै खुल्न थालेका हुन । निजि तथा सामुदायिक विद्यालयहरुले स्वास्थ्यका मापडण्डहरु अपनाउदै विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराई पठनपाठन सुरु गरेका छन् । विद्यार्थी संख्या बढी भएका विद्यालयहरुले स्वास्थ्यका मापडण्डहरु अपनाउदै प्राथमिक तह र माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । सेन माध्यमिक विद्यालयले विद्यार्थी र अभिभावकको अनुकुलतालाई हेरि प्रत्यक्ष सहभागितामा र अनलाईन दुवै माध्यमबाट पाठनपाठन अगाडि बढाइ रहेको छ । विद्यालयमा आउन सम्भव हुनेलाई प्रतक्ष्य तथा अन्यलाई अनलाइन माध्इमबाट पठनपाठन गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण मल्लले बताउनुभयो ।
बाल मन्दिर प्राथमिक विद्यालयले भने सम्पूर्ण विद्यार्थिलाइ विद्यालयमै बोलाई पठनपाठन अगाडि बढाएको छ । विद्यालयमा आचार समिता बनाई स्वाथ्यका मापडण्डहरुको उच्च प्राथमिकताका साथ पालना गर्दै विद्यार्थिको प्रत्यक्ष सहभागितामा शैक्षिक गतिविधि अगाडि बढाएको विद्यालयका प्रधानाध्यापक पावर्ती पौडेलले बताउनुभयो । विद्यालय सञ्चालनको क्रममा अकास्मात आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरि विद्यालयमा आइसोलेसन कक्ष समेत निमार्ण गरिएको पौडेलले बताउनुभयो । विद्यार्थीलाई ज्वरो नाप्ने , साबुनपानीले हात धुने , माक्स र सेनिटाइजर प्रयोग गर्ने लगायतका स्वास्थ्य मापडण्डहरु अपनाई विद्यालयहरु सञ्चालन गरिएको छ ।