Share
  •   
  •  
  •  
  •  

पाल्पा:- जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारमा देउसी–भैलो नखेल्न अनुरोध गरेको छ । मंगलवार एक सूचना जारी गर्दै नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा देउसी भैलो तथा जुवातास समेत नखेल्न अनुरोध गरेको हो । कोरोना सङ्क्रमण फैलिरहेका कारण देउसी भैलो नखेल्न तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै जुवातास तथा पटाका नपड्काउन अनुरोध गरेको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, घरमै बसेर रमाइलोका साथ परिवारमा पर्व मनाउनुहोस ।