Share
  •   
  •  
  •  
  •  

पाल्पा ०३ कार्तिक ०७७
पाल्पामा सोमवार थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार सोमवार २ जनाको कोरोना संक्रमणका कारण निधन भएको हो । यस संगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

तानसेन २ का १ जना र तानसेन ७ का १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभएको छ ।