Share
  •   
  •  
  •  
  •  

पाल्पा ३० भदौ २०७७
पाल्पामा मंगलवार सम्ममा ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दैनिक जारी गर्ने सूचना अनुसार मंगलवार सम्ममा १० स्थानीय तहका ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पाको. माथागढीमा ५ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोलामा १ जना, रैनादेवी छहरामा ६ जना, रम्भा गाउपालिमा १८ जनामा समुदायस्तरमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी वगनासकालीमा ९ जना, तिनाउमा १० जना, रिब्दीकोटमा १ जना, निस्दीमा ०, तानसेन नगरपालिकामा २५ जना र अस्पताल तथा अन्यमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार हालसम्म सवैभन्दा धेरै तानसेन नगरपालिमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म निस्दी गाउपालिकामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छैन् । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण २ जनाले ज्यान गुमाएका छन्े भने, १३ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।