Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा
मंगलबार १६ असार
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगतको ५५ लाख रुपैया कोभिड कोषमा स्थानान्तरण गरेको पूर्व मन्त्री तथा संघिय सांसद सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । रिब्दीकोट र बगनासकाली गाउपालिकाका २ वटा योजनाहरु सम्पन्न हुन नसक्ने देखिएपछी स्थानीय तहहरुको समन्वयमा रकम कोभिड कोषमा राखिएको उहाँको भनाई छ । कोभिड कोषमा राखिएको रकमले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खर्च गर्न सकिने हुन्छ ।

यसै विच पाल्पा सदरमुकाम तानसेनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन जडान हुने भएको छ । मंगलबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा पूर्व मन्त्री तथा संघिय सांसद सोमप्रसाद पाण्डेयले आफुले पटक पटक अनुरोध गरेपछी पाल्पामा पिसिआर परीक्षण गर्ने मेसिन ल्याउन सफल भएको जानकारी दिनुभयो । पाल्पाली पत्रकारहरुले आफुलाइ घचघचाइरहेको स्मरण गर्दै सांसद पाण्डेयले अवका केही दिन पछाडी परीक्षण पाल्पामै गर्न सकिने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा सहितका स्थानहरुमा पिसिआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । पिसिआर जडानका लागि ल्याव संचालन गर्न उपयुक्त स्थानको खोजि भइरहेको र प्राविधिकहरु आएर स्थान छनौटको लागि काम सुरु गरेको पनि सांसद सोमप्रसाद पाण्डेयले बताउनुभयो ।