Share
  •   
  •  
  •  
  •  

पाल्पा १० जेठ
बरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी चकोरमान शाक्यको ७८ वर्षको उमेरमा शनिबार निधन भएको छ । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।
क्यान्सर रोगको उपचार गराइरहनुभएका उहालाई पछिल्लो समय काठमाडौमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाको पार्थिव शरीरलाई शनिबार बेलुकीसम्म तानसेन ल्याउने र आइतबार शोकसभा गरिनेछ । समाजेसवी एवं राजनीतिज्ञ चकोरमान प्रजातन्त्र सेनानी पूर्णमान शाक्यका छोरा हुनुहुन्छ ।
नेपाली कांग्रेस नगर समितिको तीन दशक सभापति भएका शाक्य तानसेन खानेपानी उपभोक्ता समिति, नेत्र ज्योति संघका अध्यक्ष समेत हुनुहुन्थ्यो । बौद्धधर्मसँग सम्बन्धित विभिन्न संस्थाका साथै दर्जन बढी सामाजिक संघसंस्थाका नेतृत्व गरिसक्नुभएका शाक्य नेपाली कांग्रेस जिल्ला सल्लाहकार हुनुहुन्छ । शाक्यको निधनमा कांग्रेस जिल्ला सभापति बीरबहादुर राना, नगरसभापति मधुदयाल सैंजु, बुथ सभापति पुष्करराज रेग्मी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, नागरिक समाजका अध्यक्ष बासुदेव अर्याल लगायतले दुःख प्रकट गर्दै राजनीति र सामाजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ।