Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा ११, वैशाख
कोरोना भाइरस संक्रमण रोकथामका लागि वाहिरी जिल्लावाट आउने तरकारीमा लगाइएको प्रतिवन्ध पाल्पामा प्रहरीकै मिलेमतोमा उल्लधन भएको पाइएको छ ।
फलफुल, टमाटर र तरकारी जिल्ला प्रहरी कार्यालय र तानसेनका अन्य व्यापारीलाई विक्री गरि बुर्तिवाङ जाने तयारी हिडेको जिपलाई गयराती निन्त्रणमा लिएपछी यस्तो खुलासा भएको हो । बुटवलवाट हिडेको लु १ च ४५८७ नं. को पिकअप बलेरो गाडी प्रहरीले राती नियन्त्रणमा लिएपछी यसको खुलासा भएको हो ।

तानसेनमा विक्रीका लागि भारतिय बजारको टमाटर आउने सुचनाका आधारमा साढे १० बजे राती तानसेन ७ प्रभासमा पुगेका पत्रकारलाई छलेर प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । गाडीमा रहेको वस्तु चेकजाँच नगरी विलका आधारमा दोभान प्रहरी चौकीले छाडेको र बजारमा हल्ला भएपछि प्रभाष प्रहरी चौकीका प्रमुख एक्काबहादुर नेपालीको नेतृत्वमा हतपत २ वटा गाडी नियन्त्रमा लिइएको हो ।
गाडीमा वाहिरी आवरणमा फलफुल र भित्र भारतिय टमाटर रहेको छ । नियन्त्रणमा लिएको गाडीका साहु धनन्जय कुमारले लुम्विनी क्षेत्रमा उत्पादन भएको टमाटर बुर्तिवाँङ लैजान लागेको तर प्रहरीले तीन क्यारेट टमाटर मागेपनी नपुग्ने भन्दै एक क्यारेटमात्र पैसा तिरेर लिने सहमती भएको बताउनुभयो । उहाँले तानसेनवाट धेरै व्यापारीको पटक पटक फोन गएको हुदाँ सवैलाइ हुन्छहुन्छ भनेको तर विक्रि गर्ने सामान नभएको बताउनुभयो । कल्पना फलफूल पसलको नाममा राजश्व तिरेको रसिदमा तरकारी र टमाटर छ । तर प्रहरीको कुनै नियमन नहुदाँ रातीको समयमा हुने चेकजाँचप्रति संका गर्ने ठाउ रहेको पत्रकार यज्ञमूर्ति तिमिल्सीनाले बताउनुभयो ।
उहाँका अनुसार गाडीमा भएको अण्डाको चलानी समेत गत चैत्र महिनाको रहेको बताउनुभयो । यसमा मिलोमतो नभै यसप्रकारको काम हुननसक्ने पत्रकारहरुले बताएका छन । उनिहरुले राज्य समयन्त्रकै नियतमा खोट देखीदा यसको नियमन कुन तहवाट हुन्छ र आम नागरीक सुरक्षित कसरी हुन्छन भन्ने विषय गम्भीर बनेको बताए । यस वारे जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र जि.सीले पाल्पा जिल्लामा प्रतिवन्ध लगाइएपनि वाहिरी जिल्लाका गाडीहरु नरोकिएको बताउनुभयो । उहाँले प्रहरी कार्यालयका लागि मागिएको टमाटर वारे आफुलाइ जानकारी नभएकोले बताउनुभयो । प्रमुख जि.सीले यथार्थ वारे बुझन गाडी, गाडी चालक र साहुलाइ नियन्त्रणमा लिएकोले थप अनुसान्धान गरी दोषिलाई कारवाही गर्ने समेत बताउनुभयो ।