Share
  •   
  •  
  •  
  •  

पाल्पा २, वैषाख
तानसेन मेहल्धारामा बस्दै आउनुभएका कृष्ण प्रसाद बस्यालले आफ्नो घरमा भाडामा बस्नेहरुको लागि चैत्र महिनाको भाडा नलिने घोषणा गर्नु भएको छ । विश्वभर कोरोना संक्रमण फैलन थालेपछी सरकारले लकडाउन गरेसंगै आर्थिक राहतको लागि बस्यालले घरभाडा नलिने बताउनुभएको हो । “मासिक ३५ हजार हुदो रैछ, लकडाउनले समस्या परेको होला, मैले यति भाडा नलिदा पनि केही राहत होला भनेर छुट दिने भनेको हुँ ।” बस्यालले पाल्पापाटी संग भन्नुभयो ।


बगनाकाली गाउपालिका पाल्पाका अध्यक्ष समेत रहनुभएका कृष्ण प्रसाद बस्यालले लकडाउन सुरु भएलगत्तै ज्याला मजदुरी गरी खानेहरुको लागि जिल्लामै पहिलोपटक राहत वितरण गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन अगाडी नै अध्यक्षको तलव नलिने घोषणा गर्नुभएका बस्यालको तलव गरिवहरुको हितमा प्रयोग हुदै आएको थियो ।