Share
  •   
  •  
  •  
  •  

पाल्पा चैत्र २९
विष्णु घिमिरे
तानसेन नगरपालिका १२,बौघापोखराथोकका खुमबहादुर रानाले दैनिक ४० लिटर दुधको महि पार्ने र गाउँमा बाड््ने गर्दै आउनुभएको छ । ५ वटा दुहुना र १ वटा व्याउने गाई उहाँको गोठमा छ । चैत ११ गते देखि वहाँले दुधबिक्री गर्न पाउनुभएको छैन ।“लकडाउन पछि डेरीले दुध नलिने भन्यो । दुध बिक्रीका लागि कसैले चासो लिएनन्” वहाँले भन्नुभयो, “सके महि पार्ने नसके बाँडेर सक्याउने गरेको छु । ”
३ वर्ष देखि लुहुङमा गाइपालन गरी दुध विक्री गर्दै आउनु भएका खुमबहादुर रानालाई लकडाउनले झनै समस्या पारेको छ । गाइको लागि दाना र भिटामिनमा मात्र मासिक 20/25 हजार खर्च हुने वहाँले बताउनुभयो । “दाना छैन, लकडाउनले ल्याउन पाएको छैन” वहाँको गुनासो छ, “बरन बाँकी थियो थोरै थोरै खुवाएको छु ।”

लुहुङमा खुमबहादुर रानामात्रै होइन सयजना गाइपालक कृषक मर्कामा परेका छन् । दैनिक ८ सय लिटर दुध संकलन हुने डेरी बन्द भएको छ । गाउँमा दुध फालाफाल भएको छ । लुहुङ दुग्धउत्पादक सहकारी सस्था लि. ले दुध संकलन गरी तानसेन पठाउदै आएको थियो । “लकडाउन पछि तानसेनको डेरीले एक छाकको मात्र दुधलिने भन्यो,” सहकारीका सचिव युवराज पौडेलले भन्नुभयो, “हामीपनि कोरोनासंग डरायौं । त्यसैले दुध संकलनगर्नेै छाड्यौ ”

तानसेन नगरपालिका–१४, अर्गलीमा ३०/३२ जना दुधउत्पादन गरी बिक्री गर्ने किसानहरु छन् । अहिले उनीहरु पनि दुध वेच्नपाएका छैनन् । अर्गलीदुध डेरी समूहले दैनिक १ सय ६५ लिटर सम्म दुध संकलनगरि तानसेन पठाउँदै आएको थियो । डेरीका व्यवस्थापक कुल प्रसाद भट्टराईका अनुसार निर्णय नै गरेर किसानलाई दुध नल्याउन भनिएको छ । “लकडाउन भयो, दुधविक्री नहुने भएपछि हामीले दुध नल्याउन भनेक ाहौं ।” भट्टराईले भन्नुभयो ।

तानसेन–१३, बौघागुम्हाको छेर्लुङ गाउँ अर्को दुध उत्पादन गरिने क्षेत्र हो । छेर्लुङका ४५ जना किसानहरु दुध बिक्री गर्दै आएकाछन् । लकडाउन पछि केहीदिन दुध संकलन तथा विक्री बन्दभएपनि अहिले यहाँबाट दुध तानसेन पठाएका छन् । मिलनसार सामाजिक उद्यमी महिला समूहले संचालन गरेको डेरीमा २०/२२ जनाले मात्र दुध ल्याएका छन् । छेर्लुङमा गाई भैसीको दाना सकिन लागेको छ । किसान मदन भट्टराईले भन्नुभयो । “८० वोरा दाना लकडाउन अगाडि नै ल्याएका थियौ अब सकिनलागेको छ, त्यसपछि के गर्ने थाहा छैन ।”
यता तिनाउ गाउँपालिकाको डुम्रे बढी दुधउत्पादन तथा संकलन हुने ठाउँ हो । दैनिक ३ सय ५० जनाले ४ हजार लिटर दुध ल्याउँछन् । डुम्रे दुग्धउत्पादक सहकारी सँस्थाले दुधको व्यवस्थापन गर्दै आएको छ । सहकारीले केहीदुध स्थानीयबजार, केहीतानसेन र वाँकी सबै दुधपोखरा पठाउँदै आएको छ । पोखराको कम्पनीले दुधलगेको छ तर लकडाउनका कारण भन्दै भुक्तानी दिएको छैन् । “दुध नपठाउँदा किसान मर्कामा, पठाउँदा पनि पैसा नआउँदा किसान मर्कामा परेका छन्” सहकारीका व्यवस्थापक रामु पन्थले भन्नुभयो ।
तानसेन नगरपालिकाले किसानहरुलाई राहत ल्याउन कार्यविधि बनाएको छ । “कार्यविधि बनेको छ, पास भएको छैन, कैले हुन्छ थाहा छैन सायद अर्को वैठकमा होला “नगरपालिकाका प्रमुखअशोक कुमार शाहीले भन्नुभयो । त्यस्तै तिनाउ गाउपालिका पाल्पाले अहिल ेसम्म किसानका लागि राहतको विषयमा सोचेको छैन । गाउपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले किसानलाई राहतदिने भन्ने विषयमा त्यस्तो कुनै छलफल नै नभएको पाल्पापाटी लाई बताउनुभयो ।