Share
  •   
  •  
  •  
  •  

इन्सेकमा आवद्ध रही जिल्लाको मानवअधिकार प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित हुनुभएको छ। बगनासकाली गाउँपालिकाको आयोजनामा बगनाकाली गाउँपालिका –५ दर्लमडाँडामा सञ्चालित प्रथम दर्लम महोत्सवको अवसरमा पुस १२ गते उहाँलाई सम्मान गरिएको हो ।

पूर्व प्रधान न्यायाधीश तथा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व उद्योग मन्त्री तथा प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डे र बगनाकाली गाउँपालिका –५ का अध्यक्ष इश्वर कुमार राना लगायतले सम्मानपत्र र मायाको चिनोले सम्मान गर्नु भएको थियो ।

सम्मान पत्रमा इन्सेक प्रतिनिधि तपाई यज्ञप्रसाद तिमिल्सिना ज्यूले मानव अधिकारको क्षेत्रमा पुरयाउनु भएको योगदानको उच्च कदर गर्दै स–धन्यवाद सम्मान पत्र प्रदान गरिएको उल्लेख छ । साथै सम्मानित हुनुभएकोमा पाल्पापाटी डट कम परिवार हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछ ।