Share
  •   
  •  
  •  
  •  

काठमाडौं, पुस ९ गते । बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने गोरखापत्र अनालइनलाई बताउनुभयो ।
केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।