पाल्पा,मंसिर ११ ।
सुनिल कार्की ।

वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको काठमाण्डौंको पशुपति अर्याघाटमा अन्तेष्टी गरिने भएको छ ।

आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम श्र्रदाञ्जली कार्यक्रम पछि विद्युतिय शव गृहबाट अन्तेष्टी गर्ने तयारी भएको नेकपा पाल्पाका प्रचारप्रसार संयोजक गुराँस आत्रेयले जानकारी दिनुभयो ।उहाँको शवलाई अस्पतालबाट सिधैं पशुपति आर्यघाट लगिने संयोजक आत्रेयले बताउनुभयो ।

कसजूको शव अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा रहेको छ ।


कसजूको मंगलबार दिउँसो उपचारको क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो । उहाँको निमोनियाका कारण गएको कात्तिक १९ गते देखि मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार भइरहेको थियो । नेपाली भाषा साहित्यमा आधा दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय कसजू नेपाली पत्रकारिता क्षेत्रका पनि विशिष्ट व्यक्ति हुुनुहुन्छ ।

कसजूको जन्म विस २००४ असार २९ गते पाल्पाको तानसेनमा भएको थियो ।