Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा ५, मंसिर
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । उपचारका क्रममा काठमाण्डौं स्थित शिक्षण अस्पतालमा बिहिबार दिउसो २ बजे बस्यालको निधन भएको ने।क।पा पाल्पाले जनाएको छ । नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुराँस आत्रेयका अनुसार
६७ बर्षिय बस्यालको बुधबार देखि शिक्षण अस्पतालमा उपचार भएको थियो । लामो समय देखि दमको समस्या भोग्नु भएका बस्याललाई पछिल्लो समय पेट फुल्ने भएपछि तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार गरिएको थियो । मिशन अस्पताल बाट थप उपचारका लागी उहाका आफन्त र परिवारका सदस्यले काठमाण्डौ लगेका थिए ।
नेकपा प्रदेश ५ का प्रदेश कमिटिका सदस्य समेत रहनुभएका बस्याल शिक्षण पेशा बाट अवकास लिई निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाको पार्थिब शरिरलाई शुक्रबार बिहान ७ बजे देखि जिल्ला समन्वय समितिको प्राङ्गढमा राखिने र दिउसो राम्दीघाटमा अन्त्येष्टी गरिने नेकपा पाल्पाले जनाएको छ ।