बिकाश काफ्ले
पाल्पा
२१ कात्तिक
आफ्नो देश बचाउनका लागि भारतको हेपाहा प्रवृत्तिका विरुद्ध आफुहरुले रगत बगाउन पनि तयार रहेको अखिल छैटौं केन्द्रिय सदस्य एवं पाल्पा जिल्ला अध्यक्ष पुरन पोख्रेलले बताउनुभएको छ।
नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागहरु भारतले आफ्नो नक्सामा मिसाएपछि हामीले विरोध गरिरहेका छौं ’– पोख्रेलले भन्नुभयो –‘आफ्नो माटो जोगाउनको लागि रगत बगाउन तयार छौं तर, गुम्न दिन्नौ दाजुभाइ अङ्स छुट्याउदा काटा काट मारामार हुने देश जनताको देश भक्ति देखिनु प्रछ ।’ अखिल नेपाल युवक संघ केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे नेपाल सरकारले पनि आफ्नो देशको भुभाग बनाउनको लागि कडा कदम चाल्नु पर्ने बताउनुभयो । ‘दुइ तिहाइको सरकार भएपनि आज राष्ट्रिय स्वाधिनताको विषयमा बोल्न सकेन ।’ घिमिरेले भन्नुभयो–‘एक पटक फेरि हामी बदभद्र कुवर बनेर नेपाली भुमी खोज्न जानेछौं ।’ नेपाली जनताको पक्षमा नेपाल सरकारले एक पटक बलिदान गर्न तयार हुनु पर्ने उहाको अभिव्यक्ति थियो ।