सुनिल कार्की
पाल्पा, ५ साउन
सिदार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडकखण्डको तानसेन ८ भालेबासमा बस र मोटरसाईकल एक आपसमा ठोक्कर खाँदा दुई जना घाईते भएका छन् ।
पोखराबाट बुटवलतर्फ जाँदै गरेको ग १ ख ५५२६ नम्वरको बस र विपरित दिशाबाट आउदै गरेको लु १२ प ४७७९ नम्वरको मोटसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा जिल्लाको बगनासकाली गाउँपालिका ३ का २३ वर्षका सुजन न्यौपाने र मोटसाईकलमा पछाडी सवार सत्यवती गाउँपालिका ६ गुल्मीका १८ वर्षका कपिल भण्डारी घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटोले जानकारी दिए । घाईते दुवै जनाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ ।
घाईते न्यौपानेको शरिरको भित्री भागमा चोट लागी अवस्था गम्भिर रहेको र अर्को घाईते भण्डारीको टाउको र दाईने खुट्टामा चोट लागेकाले अवस्था गम्भिर रहेको अस्पतालले जानकारी दिएको छ । बस र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।