Share
  •   
  •  
  •  
  •  

दयाराज न्यापाने
पाल्पा १४ फागुन
बह्मा कुमारी इश्वरीय विश्व विद्यालय एवम क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र तानसेन, पाल्पाले महाशिवरात्रीको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।
सोमवार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रले महाशिवरात्रीको अवसरमा शिवसन्देश रथयात्रा दर्शन, शिव ध्वजारोहण, प्रवचन कार्यक्रम गर्ने भएको हो । सो अवसरमा आगामी फागुन १८ देखी २० गते सम्म मदनपोखराको दमकडा देखी कसेनी सराई, खहरे, देउगिर, वाँसटारी, प्रभास, वर्तुङ हुदै हार्थोक, अर्गली हुदै रिडी वजार सम्म रथयात्रा गर्ने जानकारी गराइएको छ ।
वर्तमान संकटपूर्ण समयमा मानवमा शान्ति प्रेम र अहिंसाको भावना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बह्मा कुमारी ईश्वरीय विश्व विद्यालय एवम क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र पाल्पाले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापति गोविन्द भट्टराई, सचिव किरण कौशल, यज्ञमूर्ती तिमिल्सेना, लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता बह्मा कुमारी प्रेमा दिदीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन बह्माकुमारी तारा र कार्यक्रमको उद्देश्यमाथी प्रकाश बह्माकुमार भानुप्रकाश पौडेलले गर्नुभएको थियो ।