Share
  •   
  •  
  •  
  •  

पाल्पा– नेपाल डेरी एसोसियशन केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको मूल्य देखि गुणस्तरसम्म राज्यको निगरानी रहेकोले गुणस्तर कायम हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
नेपाल डेरी एसोसियशनको बैठक पछि पाल्पामा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष सापकोटाले भदौ १ गतेदेखि लागु हुने गरी दूधको मुल्यमा ६ रुपैयाँ बढाएको बताउनुभएको छ ।
नेपालमा उत्पादित दुध एसियाको सवै भन्दा महग्रो दुध पर्छ । लगत मुल्य बढी भएकोले दुधको मुल्य महग्रो हुन गएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
महासचिव प्रल्हाद दाहालले डेरी उद्योगमा विदेशी लगानी आउदा स्वदेशी डेरी धरापमा बताउनुभयो । उहाँले विदेश लगानी स्वदेशमा भित्रिए स्वदेशका डेरी बन्द हुने र २० अर्बको डेरी उद्योग जोखिममा पर्ने बताए ।
पूर्वअध्यक्ष मेघराज भण्डारीले उपभोक्ताले गुणस्तरीय दुध पाउनुपर्ने र किसानले उचित मुल्य पाउनुपर्ने लक्ष्यका साथ हामी लागेको छौं, गुणस्तरीय दुध नपाउने विषयमा हामी स्वीकार गर्दौ ।
प्रशोधन गरेको दुधका बारेमा पर्याप्त प्रचार हुन सकेको छैन । मानिसहरुले प्याकेजको दुध खान चाहदैन, प्याकेजको दुधप्रति विश्वास नहुदा उपभोक्ता झनै समस्या खेपेका छन् ।
बाहिर देख्दा डेरी सञ्चालक सुकीला मुकिला देखिएपनि समस्या प्रशस्तै रहेको छन् । महासचिव दाहालका अनुसार श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकोले आर्थिक भार बढ्न गएको, बैकको ब्याज बढ्न गई आर्थिक भार बढ्न गएको लगायतका समस्या छन् ।
डेरी सञ्चालकले गोठ देखि सुधार नगरेर दुधको गुणस्तर सुधारका लागि समस्या हुने औल्याएका थिए । उनीहरुले राज्यले दुध उत्पादन गर्ने किसानदेखि डेरी सञ्चालक समेतलाई अनुदानको व्यवस्था हुनुपर्ने लगायतका माग समेत रहेका थिए ।
विस २०५५ सालमा स्थापना भएको नेपाल डेरी एसोसियशन ७७ जिल्लामा विस्तार भइसकेको छ । हाल देशभरका २५० डेरी उद्योगहरु यसमा आवद्ध रहेका छनर । सात ओटा प्रदेश प्रदेशिक कार्यालय स्थापनामा निरन्रतर क्रियाशिल रहेको छ ।