Share
  •   
  •  
  •  
  •  
  •  

पाल्पा–दिगो आयोजनामा सुरक्षित खाने पानी भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको २ दिने खानेपानी तथा सरसफाई व्यबस्थापन तालिम सम्पन्न पुर्वखोला गाउपालिका–२, जल्पामा सम्पन्न भएको छ ।

यस खानेपानी आयोजनाले स्वस्थ खानेपानीले निरोगी हुनुका साथै एक घर एक धारा भएपछि पानीको लागि समाजमा भएको द्धन्द कम हुने वडाध्यक्ष निर बहादुर सारूले बताउनु भयो ।

गोर्खा वेल्फेयर ट्रष्ट ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम पोखराको आयोजनामा हुन लागेको तल्लो झेरूदी खानेपानी तथा सरसफाई आयोजनाको प्रारम्भिक काम चपिकक, चाङ, जुथ्यान, खाड कुहिनेर नकुहिने ठाऊ २० घरधुरीले नै बनाई सकेको छ । यस आयोजनाका सचिव इन्द्र बहादुर घर्तिले जानकारी गराउनु भयो ।

यस गोखा वेल्फेयर ट्रष्टले पुर्वखोला गाउपालिका–१ को तामाखानी मा ५५ घरधुरी, वडा नं २ द्धारी गौडामा ३९घरधुरी र वडा नं ३ तल्लो झेरूदीमा २० घरधुरी मा आर्थिक वर्षका २०७५।०७६मा सकिने गरी खानेपानी तथा सरसफाई आयोजना चलिरहेको फिल्ड सुपरभाईजर बिष्णु माया पुनले जाकारी गराउनु भयो ।

तालिममा यस उपभोक्ता समितीका पदाधिकारी र सरसफाई कार्यकर्ता गरी १५ जना सहभागी रहेको थियो । तालिममा वेल्फेयरका विष्णुमाया पुन र गगन शाहीले सहजीकरण गर्नु भएको थियो । कृष्ण माया सारूको स्वागत मन्तव्यवाट शुरू भएको कायक्रम यस योजनाका अध्यक्ष अम्बीसरा घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो ।